२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा एनआईसीयु सेवा बन्द

लुम्बिनी प्रादेशिक अस्पतालमा एनआईसीयु सेवा बन्द


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एनआईसीयु सेवा बन्द भएको छ । एनआईसीयु शाखामा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि अस्पतालले एनआईसीयु सेवा बन्द गरिएको हो ।

अस्पतालको एनआईसीयु शाखाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

एनआईसीयु शाखालाई निर्मुलीकरण गर्नुपर्ने भएकाले र अन्य स्वास्थ्यकर्मीको समेत व्यवस्थापन गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ