२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपर्सामा भदौ २५ गतेसम्म निषेधाज्ञा थप, बजार केही खुकुलो हुने

पर्सामा भदौ २५ गतेसम्म निषेधाज्ञा थप, बजार केही खुकुलो हुने


जनकपुर– पर्साको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञा भदौ २५ गतेसम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार दिउँसो सूचना जारी गर्दै भदौ २५ गते राती १२ बजेसम्म लागि निषेधाज्ञा थप गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा लम्बिए पनि बजार क्षेत्रलाई भने केही खुकुलो बनाउने भएको छ । बजार क्षेत्रमा आलोपालो गरेर खोल्न दिने बैठकले निर्णय गरेको छ ।

मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ । तरकारी (फलफूलदेखि बजार क्षेत्रका सम्पूर्ण पसलहरु शनिबार बन्द गर्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै जिल्लाभित्र सम्पूर्ण प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु अर्को सूचना नआएसम्म सञ्चालनमा रोक लगाइएको छ । कुनैपनि मेला, महोत्सव, जात्रा, ठूलो भेला, भीडभाड, सभा जुलुस र चार जनाभन्दा बढी समुह बनाएर एकै ठाउँमा जम्मा हुन पाइने छैन ।
प्रशासनले १२ वर्षमुनि र ६० वर्षमाथि र कुनैपनि गम्भीर किसिमको दिर्घरोगिलाई घरबाट बाहिर ननिस्कन विशेष अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ