काठमाडौं– काठमाडौं उपत्यकामा ४४५ सहित थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२२८ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा आज थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ९ सय १७ जना कोरोना निको भइ घर फर्किएका छन् । यससँगै नेपालमा २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् ।
हाल नेपालमा १८ हजार ४१३ जना सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ६७१ जना विभिन्न संस्थाले बनाएको आइसोलेसनमा छन् भने ७ हजार ७४२ जना होम आइसोलेसनमा छन् ।
नेपालमा १ सय ४१ जनाको कोरोना संक्रमितको आइसियुमा उपचार भैरहेको छ भने १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा १३ हजार ४१३ पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनकी ४० वर्षीया महिला, भक्तपुरकी ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला, रुपन्देहीकी ७७ वर्षीया महिला, सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुष र रुपन्देहीका ६५ वर्षीय पुरुष रहेको छन् । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।