२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब वीरमा कोरोनाका बिरामीको मात्रै उपचार हुने, अन्य बिरामी ट्रमा सेन्टरमा

अब वीरमा कोरोनाका बिरामीको मात्रै उपचार हुने, अन्य बिरामी ट्रमा सेन्टरमा


काठमाडौं—सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड—१९ संक्रमितका विरामीहरुको मात्र उपचार गर्ने अस्पतालको रुपमा तयारी गरेको छ ।

बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र न्याम्स, वीर अस्पतालका उपकुलपति, निर्देशकसहितको पदाधिकारीको बैठकले वीर अस्पतालाई पूर्ण रुपमा कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल बनाउने टुंगो लगाएको हो ।

कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा फ्ल्याटमा व्यवस्थापन गर्ने तयारीमा लागेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए ।

‘कोभिड—१९ का बिरामी बढेका कारण मन्त्रालयले वीरलाई पूर्ण कोभिड अस्पताल बनाउन आग्रह गरेको छ,’ उनले भने, ‘हामी सोहीअनुसार व्यवस्थापन गर्ने तयारीमा छौं ।’

हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ