काठमाडौं—काठमाडौं उपत्यकाका ३८८ सहित थप ११२० जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५० जनामा, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । यससँगै अहिलेसम्म कोरोना निको भएर घर फर्किनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । जसमध्ये ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा चितवनका ५५ वर्षीया महिला र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, भक्तपुरमा ४० वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा ७० वर्षीया महिला, धादिङमा ४७ वर्षीय पुरुष, तनहुँमा २० वर्षीया महिला र कपिलवस्तुमा ६० वर्षीया महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।
कहाँ कति थपिए नयाँ संक्रमित ?