२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० करोडमा किन्न लागेको भेन्टिलेटरमा मिलेमतोको आशंका, फिलिप्सलाई मात्रै मिल्ने स्पेसिफिकेशन बनाइयो

१० करोडमा किन्न लागेको भेन्टिलेटरमा मिलेमतोको आशंका, फिलिप्सलाई मात्रै मिल्ने स्पेसिफिकेशन बनाइयो


काठमाडौं—सरकारले खरिद गर्न लागेको भेन्टिलेटरमा स्वास्थ्यका अधिकारीहरुको मिलेमतो रहेको आशंका गरिएको छ । स्वास्थ्यका अधिकारीहरुको मिलेमतोमा एक कम्पनीलाई मात्रै मिल्ने स्पेसिफिकेसन बनाएर टेन्डर आव्हान गरेको पाइएको छ ।

व्यवस्थापन महाशाखाले १० करोडमा २२ वटा भेन्टिलेटर, ५० वटा मनिटर र २० वटा वाइप्याप मेसिन खरिद गर्न लागेको छ ।

स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार महाशाखाले बनाएको स्पेसिफिकेसन र फिलिप्स कम्पनीको क्याटलक शतप्रतिशत मिल्नेगरी बनाइएको छ । विभाग स्रोतका अनुसार उपकरण फिलिप्स कम्पनीबाहेक अरुको मिल्दैन् ।

तर, महाशाखाका प्रमुख डा. रमेश खरेलले आफूहरुले कोहीसँग पनि बायस भएर स्पेशिफिकेसन नबनाएको जिकिर गरे । उनले धेरैभन्दा धेरै कम्पनीको प्रतिस्पर्धा भएर सरकारले सस्तो मूल्यमा पाउने गरी स्पेशिफिकेशन तयार गरिएको दावी गरे । फिलिप्सको मात्रै किन मिलेको त भन्ने प्रश्नमा उनले आफू त्यो सम्बन्धित प्राविधिक नभएतापनि सबै खालका बिरामीलाई प्रयोग गर्न मिल्ने स्पेशफिकेशन बनाएको छ आफूलाई त्यो एउटा मात्रै कम्पनीको मिल्छ भन्ने थाहा नभएको बताए ।

स्रोतकाअनुसार स्वास्थ्यका अधिकारीहरु आर्थिक प्रलोभनमा परी फिलिप्स कम्पनीलाई मात्रै मिल्ने गरी स्पेसिफिकेसन तयार गरेका हुन् । नेपालमा फिलिप्स कम्पनीका मेडिकल सामाग्रीको आधिकारिक आयातकर्ता विशाल पण्डित समूह भएको अधिकारीहरु बताउँछन् । मेडिकल उपकरण खरिदमा सहभागी हुन विभागले १० दिनको सूचना जारी गरेको थियो । सूचना निकालेको ५ दिन भएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले आफूले फाइल मगाएर अध्ययन गरिरहेको बताए । ‘म फाइल अध्ययन गर्दैछु । कुनै पनि कम्पनीलाई मात्रै मिल्ने स्फेसिफिकेशन हुन दिन्न्,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ