२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान, सबैको स्वास्थ्य अवस्था सामान्य

जनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान, सबैको स्वास्थ्य अवस्था सामान्य


काठमाडाैं– जनकपुरस्थित काब्या अस्पतालमा एक महिलाले ४ सन्तान जन्माएकी छिन् । सोमबार दिउँसो २ः३० बजे शल्यक्रियामार्फत ४ शिशुलाई जन्म दिएकी हुन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।

जनकपुरको संकटमोचनकी अर्मना खातुनले ती सन्तानलाई जन्म दिएकी हुन् । चार सन्तानमध्ये तीन छोरी एक छोरा रहेका छन् । तीनवटी छोरीको जन्मदा १ किलो ३ सय ग्राम तौल रहेको छ भने छोराको १ किलो ६ सय ग्राम रहेको अस्पतालकी एनआइसीयू इन्चार्ज चन्दा झाले जानकारी दिइन् ।

 

यतिबेला बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य भएतापनि आमाको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा राखिएको छ । उनलाई डा. सिंह र जनरल फिजिसियन डा. अजय यादवको नेतृत्वले हेरिरहेको अस्पतालका कर्मचारी पिन्टुकुमार झाले बताए ।

उनी काब्या अस्पतालमा नियमित चेकअप गराउँदै आएकी थिइन् । जसले गर्दा गर्भमा चारवटा बच्चा रहेको पहिला नै थाहा थियो । उनी आजै अस्पताल भर्ना भएकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ