काठमाडौं—काठमाडौं उपत्यकामा ४२९ सहित थप १२२१ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जुन एकैदिन पुष्टि भएको अहिलेसम्मकै बढी हो ।
काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१२२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ४ जना महिला र १० जना पुरुषको निधन भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।