२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश अस्पताल सुर्खेतका ६ जना डाक्टरमा कोरोना पुष्टि, ओपीडी सेवा एक साता बन्द रहने

प्रदेश अस्पताल सुर्खेतका ६ जना डाक्टरमा कोरोना पुष्टि, ओपीडी सेवा एक साता बन्द रहने


सुर्खेत—कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधबार पाँच जना र मंगलबार एक जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार कोरोना संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट डाक्टर र चार जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ ।

चिकित्सकमा कोरोना देखिएपछि बिहीबारदेखि एक हप्ताको लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । यसअघि पनि अस्पतालका तीन जना चिकित्सकमा कोरोना देखिएको थियो । उनीहरू संक्रमणमुक्त भएर ड्युटीमा फर्किसकेका छन् ।

प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिहरूको कारण जोखिम बढेको अस्पतालको भनाइ छ ।

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार तीन सय १९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार बुधबार १२ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या दुई हजार १९ पुगेको छ । प्रदेशभर कोरोनाका सक्रिय संक्रमित दुई सय ९४ रहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ