काठमाडौं—देशभर पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा एकैदिन १५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा १५९ जना थपिएका हुन् । जसमा काठमाडौंमा १३८ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १२० रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित ?
प्रदेश नम्बर १ :- झापाका १६ जना, मोरङका ६९ जना, पाँचथरका १ जना, ओखलढुंगाका १ जना, र सुनसरीका ३६ जना,
प्रदेश नम्बर २ :- सुनसरीका ३६ जना, धनुषाका २८ जना, पर्साका १०८ जना, बाराका १५, महोतरीका १२ जना, रौतहटका ४ जना, सिराहाका १९ जना , सप्तरीका १३ जना, सर्लाहीका १९ जना
बागमती प्रदेश :- काठमाडौँ १३४, चितवनमा २४ जना, भक्तपुरमा ८ जना, ललितपुरमा १७ जना, धादिङ्गमा १ जना,
गण्डकी प्रदेश :- कास्कीमा ५ जना, तनहुँमा ४ जना, नवलपरासीपुर्वका १२ जना, लमजुङ्गका ३, गोरखामा ३ जना
प्रदेश नम्बर ५ :- रूपन्देही, कपिलबस्तुका ६ जना, पाल्पाका १ , रोल्पाका , प्युठानका २ जना, दाङका ३ , बाँकेका १८ जना र रुपन्देहीका ५२ जना
कर्णाली प्रदेश :- जुम्लाका ९ जना, डोल्पाका १ जना, सल्यानका १७ जना, सुर्खेतका १३ जना र दैलेखका ४ जना
सुदूरपश्चिम प्रदेश :- अछामका ३ पुरुष, कैलालीका ३ जना र डोटीका ४ जना