२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ संघीय र ६ प्रदेश सांसदलाई कोरोना पोजेटिभ

२ संघीय र ६ प्रदेश सांसदलाई कोरोना पोजेटिभ


काठमाडौं—नेपालमा हालसम्म ८ जना सांसदलाई कोभिड—१९ संक्रमण पुष्टि भएको पाइएको छ । संक्रमित हुनेमा २ जना संघीय सांसद छन् भने ६ जना प्रदेश सांसद रहेका छन् ।

कोरोना संक्रमित हुने २ जना संघीय सांसदमा पर्साबाट प्रतिनिधित्व गर्ने प्रदीप यादवलाई एक महिनाअघि संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनले एक हप्ता अघि आफू कोरोनामुक्त भएको फेसबुकमार्फत जानकारी गराएका थिए ।

अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बोगटीलाई मंगलबार कोरोना पोजेटिभ देखिएको छ । उनी कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसनमा छन् । उनका स्वकीय सचिवलाई अघिल्लो दिन संक्रमण देखिएको थियो ।

यस्तै, प्रदेशका ६ जना सांसदमध्ये प्रदेश १ मा धनकुटाबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फबाट विजयी कुसुम श्रेष्ठलाई २८ साउनमा कोरोना पुष्टि भएको हो । उनी हाल होम आइसोलेसनमै रहेकी छन् । उनीसहित उनका श्रीमान पनि कोरोना पुष्टि भएको उनी आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।

प्रदेश २ मा दुई जना एक जना मन्त्रीसहित अर्का एक प्रदेश सभा संसदमा कोरोना पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय स्रोतकाअनुसार प्रदेश २ का कानुन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र महोत्तरीबाट प्रतिनिधित्व गर्ने डा. रिना यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु दुवै होम आइसोलेसनमा छन् ।

प्रदेश ५ की सांसद कृष्णा केसीलाई पनि कोरोना पोजेटिभ देखिएको उनी आफैले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । कोरोनाको हटस्पट नरैनापुरकी उनी त्यही आउँदा जाँदा संक्रमण सरेको हुनसक्ने उनले सामाजिक संजालमा उल्लेख गरेकी छन् । उनी नेपालगञ्जमा होम आइसोलेसनमै छिन् ।

पूर्व पर्यटनमन्त्री समेत रहेका कर्णाली प्रदेशका संसद तथा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही पनि कोरोना संक्रमित भएका थिए । एक महिना अघि कोरोना पुष्टि भएका उनी होम आइसोलेसन बसेर अहिले संक्रमणमुक्त भइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ