२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ का कारण कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु

कोभिड–१९ का कारण कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु


बुटवल–  काेराेना भाइरस (कोभिड–१९) का कारण नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ । गत शुक्रवार बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि एकदिन अस्थायी कोरोना विशेष अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको थियो ।

भेन्टिलेटरको सहायतामा उपचार भैरहेको गिरीको मंगलबार मृत्यु भएको नेपालीे कांग्रेस नवलपरासीका सभापति विष्णुप्रसाद पौडेलले पुष्टि गरे ।
पश्चिम नवलपरासीका ३८ वर्षीय गिरीको केहीसमय अघि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेशन गरिएको थियो । त्यसलगतै उनमा श्वास प्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ