काठमाडौं – काठमाडौं उपत्यकामा १ सय ६८ सहित थप ५ सय ८१ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ३९ कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुर १५ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ८ सय ९५ पुगेको छ । यस्तै, आज थप ३ जना संक्रमितको निधन भएसँगै नेपालमा मृतक संक्रमितको संख्या १ सय ७ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
ए पी एफ – काठमाडौंका ६ जना
भेरी अस्पताल – बाँकेका २४ जना र सल्यानका १ जना
विध ल्याब, ललितपुर – काठमाडौंका ६ जना, ललितपुरका १ जना, बाराका १ जना, भक्तपुरका १ जना र पर्साका ३ जना
बीर अस्पताल – बाराका १ जना, काठमाडौँका ११ जना, पर्साका १ जना र सप्तरीका १ जना
वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – मोरङका ११ जना, धनुषाका १ जना, झापाका १ जना र सुनसरीका ३१ जना
डडेल्धुरा अस्पताल – डडेल्धुराका १ जना
बि एण्ड बि अस्पताल – ललितपुरका १ जना धुलिखेल अस्पताल – पर्साका ११ जना
धुलिखेल अस्पताल – बाराका १४ जना, काठमाडौँका २ जना, पर्साका ५८ जना, काभ्रेपलान्चोकका ४ जना
ह्याम्प्स अस्पताल – भक्तपुरका ३ जना, काठमाडौँका १६ जना, महोत्तरीका १ जना, पर्साका १ जना र धनुषाका १ जना
स्वास्थ्य कार्यालय दैलेख – दैलेखका १ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – जुम्लाका ३ जना
के एम सी अस्पताल – भक्तपुरका १ जना, काठमाडौँका ४ जना र ललितपुरका १ जना
कोशी अस्पताल – मोरङका ७ जना
लुम्बिनी प्रादेशिक अस्पताल – नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका १० जना र कपिलवस्तुका १ जना
नारायणी अस्पताल – बाराका ५ जना र पर्साका ६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु – बाराका ३५ जना, काठमाडौंका २० जना, भक्तपुरका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका ३ जना, सर्लाहीका १२ जना र सिन्धुपाल्चोकका ५ जना
नेशनल प्याथ ल्याब रुपन्देही – रुपन्देहीका ११ जना र कपिलवस्तुका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – कास्कीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर – काठमाडौँका २ जना, मोरङका २२ जना, झापाका ६ जना, सुर्खेतका १ जना र तनहुँका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही – अर्घाखाचीका १ जना, प्युठानका २८ जना र रुपन्देहीका ९ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश – कास्कीका १२ जना, नवलपरासी पुर्वका १ जना र स्याङ्जाका ४ जना,
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान – दाङका १ जना
सेती प्रादेशिक अस्पताल – कैलालीका १६ जना र कंचनपुरका १२ जना
विरेन्द्र अस्पताल – कास्कीका १ जना र काठमाडौँका ७ जना
सोरिया ल्याब – भक्तपुरका १ जना, पर्साका १ जना र काठमाडौँका १ जना
स्टार अस्पताल – बाराका १ जना, भक्तपुरका २ जना, दाङका १ जना, काठमाडौँका ७ जना, ललितपुरका ३ जना, धनुषाका १ जना, मकवानपुरका १ जना, झापाका १ जना र धादिङ्गका २ जना
शुक्रराज ट्रपिकल अस्पताल टेकु – बाराका २ जना, भक्तपुरका २ जना, काठमाडौँका २० जना, ललितपुरका ४ जना, पर्साका १ जना, रौतहटका ८ जना, चितवनका १ जना र सर्लाहीका १ जना
त्रि. वि. शिक्षण अस्पताल – भक्तपुरका १ जना, काठमाडौँका ११ जना, महोत्तरीका १ जना, पर्साका २ जना, रुपन्देहीका २ जना, सर्लाहीका १ जना, धादिङ्गका २ जना, तनहुँका १ जना र नुवाकोटका १ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा – मकवानपुरका ३ जना, सर्लाहीका २ जना
नेपाल प्रहरी अस्पताल – काठमाडौँका ९ जना र ललितपुरका १ जना
नेपाल कोरियन मैत्री अस्पताल – भक्तपुरका २ जना, काठमाडौँका ९ जना, ललितपुरका २ जना र पर्साका २ जना