२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकामा मात्रै ४६ जना कोरोना संक्रमित आईसीयुमा, ४ जनाको भेन्टिलेटरमा उपचार हुँदैं

उपत्यकामा मात्रै ४६ जना कोरोना संक्रमित आईसीयुमा, ४ जनाको भेन्टिलेटरमा उपचार हुँदैं


काठमाडौं—देशभर ९८ जना कोरोना संक्रमित आईसीयुमा भर्ना छन् । उपत्यकामा मात्रै ४६ जना कोरोना संक्रमितको आईसीयु र ४ जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो सयम कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आईसीयुमा पुग्नेहरुको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।

उपत्यकाको आईसीयुमा भर्ना भएका अधिकांश बिरामी उपत्यका बाहिरका छन् । टेकु अस्पतालमा १४ जना संक्रमित आईसीयुमा भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । १४ मध्ये ३ जना मात्रै राजधानीका छन् ।

त्यस्तै, सशस्त्र प्रहरी अस्पतालमा ९ जना, शिक्षण अस्पताल महाराजगञ्जमा ५ जना, पाटन अस्पतालमा ११ जना, ह्याम्स अस्पतालमा ५ जना, धुलिखेल अस्पतालमा १ जना र वीरेन्द्र सैनिक अस्पतालमा १ जना आईसीयुमा रहेका छन् ।

यता भेन्टिलेटरमा भने पाटन अस्पतालमा २ जना र ग्राण्डी अस्पतालमा २ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ