२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्ज मेडिकल कलेजका ५० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पतालको सेवा प्रभावित

नेपालगन्ज मेडिकल कलेजका ५० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पतालको सेवा प्रभावित


सुर्खेत-बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वासथ्यकर्मीहरु क्वारेन्टाइन तथा आइसोलेसनमा बस्न परेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

अस्पतालका सह–निर्देशक डा. रोमन किदवाइका अनुसार समुदायमा संक्रमण फैलिएपनि बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मी सक्रमित भएका हुन् । उनले हाल आएर ठूलो संख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि बिरामीलाई सेवा दिन समस्या भइरहेको बताए ।

सह–निर्देशक डा. किदवाइका अनुसार अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको छ । उनले संक्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरी ६ जना संक्रमित भएर आइसोलेसनमा रहेको बताउँदै सक्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना चिकित्सक र स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेको बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा संक्रमितलाई उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपर्ने अवस्थाको सिर्जना भएको हो ।

अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकामध्ये केहीलाई संक्रमण भएर आइसोलेसनमा र क्वारेन्टाइनमा बसेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ