२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु


काठमाडाैं – कोरोना संक्रमणका  एकैदिन ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ८ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका १ जना, धनुषाका २ जना, धादिङका १ जना, सप्तरीका १ जना, मोरङका १ जना, कपिलवस्तुका १ जना, बाराका १ जना रहेका छन् ।

काठमाडौँको टेकु निवासी ७८ वृद्धाको बुधबार किष्ट मेडिकल अस्पतालमा निधन भएको छ। मधुमेह, हाइपोथोराडिज, मृगौला पिडित रहेकी वृद्धा झाडापखाला र ज्वरो आएको कारण गएको २६ गते भर्ना भएकी थिइन। उनको आज आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै, धादिङ्गजिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर १४ निबासी ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्प्स अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगका विरामी रहेका उनमा निमोनिया र खोकी पनि थियो। मंगलबार कोरोना पुस्टि भएका उनी आइसियुमा उपचाररत थिए।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय वृद्धको बुधबार मेडीसेटि अस्पतालमा निधन भएको छ। उनमा ७ गते कोरोना पोजेटिभ देखिएको थियो। श्वास फेर्न कठिनाई तथा निमोनिया देखिएका उनी साउन ५ गते अस्पताल भर्ना भएका थिए। जनकपुर उपमहानगरपालिकाकै वडा नम्बर ८ निवासी ३८ वर्षीया महिलाको पनि बुधबार पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा निधन भएको छ। उनमा १८ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै, सप्तरीका डाकेश्वोरी नगरपालिका वडा नबर ८ घर भै राजविराज बस्दै आएका ५५ वर्षीय पुरुषको मंगलबार राति निधन भएको छ। ४ दिन अघि देखि ज्वरो आएपछि स्वाब संकलन गरिएको र मंगलबार आएको रिपोर्टमा कोरोना पुष्टि देखिएको हो। कोरोना पुष्टि भएपछि अस्पताल लानेक्रममा उनको बाटोमै निधन भएको हो।

यता, मोरङ जिल्ला बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ गङ्गाचोक बस्ने ५५ वर्षीय संक्रमित पुरुषको बुधबार विपी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको र २७ गते कोरोना पुष्टि भएको हो।

त्यसैगरी, कपिलबस्तु नगरपालिका वडा नम्बर दुई का ४२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बुधबार विहान निधन भएको छ। ज्वरो र निमोनियाबाट ग्रसित भएर गएको २५ गते अस्पताल भर्ना भएका उनी भेन्टिलेटरमा उपचाररत थिए।

बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय संक्रमित वृद्धको आज किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ। उनी शरीर कमजोर भै २६ गते अस्पताल भर्ना भएका थिए। उनी मिर्गौला, रक्तअल्पता, सेप्टिक सक, दम र हाइपोथोरा डिजिजका बिरामी थिए।

आज थप ८ जना मृतक थपिए सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ९१ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ