२०८१ पुस १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको तलब व्यवहारिक भएनः नेपाल चिकित्सक संघ

चिकित्सकको तलब व्यवहारिक भएनः नेपाल चिकित्सक संघ


काठमाडौं–सरकारले घोषणा गरेको नयाँ तलबमानमा नेपाल चिकित्सक संघले असन्तुष्टि जनाएको छ । संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले तोकेको नयाँ तलबका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ब्यवहारिक नभएको दाबी गरेको छ ।

प्लस टु अध्ययनपश्चात् ५ वर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको तलबमान र एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिको भन्दै संघले असन्तुष्टि जनाएको हो ।

यस विषयलाई मनन गरी अभिलम्ब उक्त तलबमान सच्याउन पनि संघले सरोकारवाला निकायसँग माग गरेको छ ।

सरकारले साउन १ गतेदेखि लागु हुने गरी केहि दिनअघि मात्र चिकित्सकलगायत सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ