२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनुसन्धान भन्छ, ‘काठमाडौं उपत्यकामै २७.१ प्रतिशत मास्क लगाउँदैनन्’

अनुसन्धान भन्छ, ‘काठमाडौं उपत्यकामै २७.१ प्रतिशत मास्क लगाउँदैनन्’


काठमाडौं—काठमाडौं उपत्यकामै २७.१ प्रतिशत मास्क नलगाउने गरेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य सम्बन्धित मापदण्ड पालना भएको नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाका ४५०२ जनामा गरेको अनुसन्धानबाट उक्त तथ्य पत्ता लागेको हो ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीकाअनुसार काठमाडौं उपत्यकामा मास्क लगाउने ७२.१ प्रतिशत रहेका छन् । २७.१ प्रतिशतले भने मास्क लगाउँदैनन् । मास्क प्रयोग गर्नेमध्ये कपडाको मास्क लगाउने १५.८ प्रतिशत रहेका छन् ।

त्यस्तै, सार्वजनिक स्थलहरुमा २७०३ जनामध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ प्रतिशत थियो । नाकमुनि वा चिउडो मास्क लगाउने, घाटी र हातमा मास्क झुण्डयाउने, मास्कको कडा भागलाई नाकको अन्तिमतिर लगाउनेको संख्या २७.३४ प्रतिशत रहेको परिषद्को अनुसन्धानले देखाएको छ ।

संस्थागत तहहरु मालपोत कार्यलय, तरकारी बजार, मठमन्दिर, बैक र होटलमा अवलोकन गर्दा कमै मात्र सामाजिक दूरी २ मिटर कमको लागि मार्किङ कायम गरिएको थियो । तर, ३१.२५ प्रतिशत स्थलमा सामाजिक दूरीको नियम पालना गरिएको अनुसन्धानका क्रममा देखिएको छ । साबुन पानी र सेनिटाइजरको व्यवस्था ६० प्रतिशत सार्वजनिक स्थलमा गरिएको थियो ।

सामाजिक दूरी कायम गर्न निजी र सरकारी अस्पतालका ओपिडी, फार्मेसी र टिकट काउन्टरमा मार्किङ कायम गरिएको थियो तर चमेना गृहमा भने मार्किङ गरिएको अनुसन्धानका क्रममा देखिएन । २० प्रतिशत अस्पतालमा मात्रै सामाजिक दूरीका नियम पालना भएको पाइएको थियो ।

३० वटा सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशतभन्दा कम यातायातले मात्रै एउटा सिटमा एक जना मात्रै बस्ने व्यवस्था मिलाएका थिए ।

जनस्वास्थ्य मापदण्ड (एसएमएस) सोसल डिस्टयान्सिङ, मास्कको प्रयोग र सेनिटाइजर र साबुन प्रयोगबारे परिषद्ले उक्त अनुसन्धान गरेको थियो । २ दिन लगाएर अवलोकन विधी अपनाएर उक्त व्यक्तिगत र संस्थागत तहमा सर्वेक्षण गरिएको थियो । जसमा काठमाडौं उपत्यका २३ वटा सार्वजनिक स्थल (तरकारी बजार, सपिङ मल, मालपोत, बैक, सरकारी तथा निजी अस्पतालहरु, मठमन्दिर, सार्वजनिक यातायात र होटल) समावेस गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ