लहान नगरमा आज मध्य राति देखि निषेधाज्ञा

जनकपुर – कोरोना संक्रमण उच्च भइरहेको भन्दै जिल्लाको लहान नगरपालिकामा आज मध्य रातिदेखि लागु हुने गरी कर्फ्यू लगाउने भएको छ । स्थानीय प्रशासन र नगरको समन्वयमा कर्फ्यू लगाउने निर्णय गरेको लहान नगरपालिकाका प्रमुख मुनि साहले जानकारी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार ९ दिनका लागि लहान नगरमा कर्फयु रहने वताए । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जना सहित नगर क्षेत्रका २६ मा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।
छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा संक्रमण फैलिरहेको भन्दै नगरपालिका र कार्यपालिकाको आपतकालिन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको जनाइएको छ ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ६ योग के हो ? यसका प्रकार र फाइदा
- ७ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित)
तपाईको प्रतिक्रिया दिनुहोस