गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा हेल्थ आवाज बुधबार, २०७७ साउन २१ गते, १७:०७ मा प्रकाशित जनकपुर – प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित दुई डाक्टर र सात जना स्टाफ नर्ससहित १८ जनालाई राख्नका लागि छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पताल नजिकै रहेको नर्सिङ कलेजको आइसोलेसनमा भर्ना गरिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । कोरोना संक्रमण फैलिने जोखिम बढेपछि उनीहरुलाई अन्नपूर्ण होटल र रामजानकी होटलमा राखिएको थियो । तर उनीहरुको कोरोना रिपोर्ट सोमबार पोजेटिभ आएपछि अस्पताल प्रशासनले मंगलबार साँझ उनीहरुलाई बोलाएर आइसोलेसनमा राखेको जनाएको छ । पहिलेदेखि पनि नर्सिङ कलेजको आइसोलेसन कक्षमा केहि संक्रमित बस्छन् । जसमध्ये नर्स सहित ४ जना प्रादेशिक अस्पतालकै कर्मचारी छन् । मंगलबार साँझ भर्ना भएका डाक्टर र नर्सहरुले भने कुनै पनि सुविधा नरहेको ठाउँमा ल्याएर राखिदिएको गुनासो गरेका छन् । कोरोना विशेष अस्पतालका प्रमुख डा.जामुन प्रसाद सिंहले भने ११ जना नर्स मध्ये ६ जना मात्र आन्दोलनमा उत्रेका छन् अरु आइसोलेसनमा गइसकेको बताए । ‘हामीले रातभरी जनकपुरमा होटल र लज खोज्यौ तर कतै पाइएन । हामीले अनेकौ प्रयास गर्दा पनि छुटै राख्नका लागि व्यवस्था गर्न सकेनौ । अहिलेसम्म धनुषामा ३३ जना स्वास्थ्यकर्मी र नर्सलाई कोरोना संक्रमण पुष्टि भइसेको डा.सिंहले बताएजानकारी दिए । आन्दोलनमा उत्रेका नर्सलाई कोरोना संक्रमण मुक्त भएपछि अनुसाशनको कारवाही गर्ने समेत डा.सिंहले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?