२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतपाईलाई कोरोनाको शंका लागे काठमाडौंका यी १४ अस्पतालमा जानुहोस्

तपाईलाई कोरोनाको शंका लागे काठमाडौंका यी १४ अस्पतालमा जानुहोस्


काठमाडौं—काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले १४ अस्पतालसहित विभिन्न हब अस्पतालहरुबाट शंकास्पद कोभिड—१९ संक्रमितको स्वाब संकलन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार १४ अस्पताल र सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १, २, ३ अस्पतालहरुमा पनि स्वाब संकलन गरिनेछ ।

ती स्वाब संकलन केन्द्रबाट विहान ९ बजेदेखि १ बजेसम्म स्वाब संकलन गरिनेछ ।

सह—प्रवक्ता डा. अधिकारीकाअनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले स्वाब संकलन केन्द्र तोकेर स्वाब संकलन सुरु गरेको हो । उनले शंकास्पद कोभिड—१९ संक्रमितहरुको खोज पडतात तीब्र बनाइएको बताउँदैं शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्ति, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा गरेर सहयोग गर्न अपिल गरे ।

स्वाब संकलन केन्द्रका रुपमा लगनखेलस्थित पाटन अस्पताल, भक्तपुर अस्पताल, मीनभवनस्थित सिभिल अस्पताल, सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, महावौद्धस्थित वीर अस्पताल, टेकुस्थित टेकु अस्पताल, बलम्बुस्थित शसस्त्र प्रहरी बल अस्पताललाई तोकिएको छ । यस्तै, छाउनीस्थित वीरेन्द्र अस्पताल, थापाथलीस्थित प्रसुती गृह, सानेपास्थित स्टार अस्पताल, धुम्बाराहीस्थित ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई तोकिएको छ ।

यस्तै, सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १, २, ३ अस्पतालहरुमा पनि स्वाब संकलन गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ