काठमाडौैं– त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालमा डे केयर हिस्टेरेक्टोमी (दुरविनको माध्यमबाट पाठेघर निकाल्ने) शल्यक्रिया सफल भएको छ । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रंगिना लाइकगबमले अस्पतालमा डे केयर हिस्टेरेक्टोमीको शल्यक्रिया सम्पन्न गरेकी हुन् ।
जर्मनस्थित किल युनिभर्सिटीबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञमा थप डिग्री हासिल गरेकी डा. रंगिना डे केयर हिस्टेरेक्टोमी प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीको समय र पैसाको बचत हुने बताउँछिन् । ‘यस प्रविधीबाट पाठेघरको शल्यक्रिया गरेको ६ देखि ८ घन्टामै बिरामी हिडेरै घर फर्कन सक्छन्,’ उनी भन्छिन्, ‘यस्तो प्रविधिले बिरामीको समय र पैसाको बचत हुन्छ ।’
विदेशमा अध्ययन गर्दा देखेको र सिकेको सीपमा आधारित रहेर अत्याधुनिक प्रविधिको माध्यमबाट नेपाली दिदीबहिनीहरुलाई सेवा गर्ने अहिले आएर पूरा भएको उनले बताइन् ।
अन्य देशमा यो सुविधा रहेता पनि नेपालमा भने डा. रंगिनाले नै पहिलोपटक यस प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेको अस्पतालको दाबी छ । यससँगै डा.लाईकंगबम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईनो सर्जरी गर्ने नेपालकै प्रथम स्त्री तथा प्रसूती रोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलोसिस सेवा सुचारु गरी विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आईरहेको छ । नविनतम प्रविधि मार्फत बिरामीहरुलाई सरल तथा सुविधाजनक सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
यसैलाई आत्मसाथ गर्दै अत्याधुनिक प्रबिधिलाई विस्तार गरीे उपचारमा लाग्ने समयलाई न्युनीकरण गर्न अस्पतालले नेपालमै पहिलो पटक डे केयर हिस्टेरेक्टोमी प्रबिधि भित्राएको अस्पतालले जनाएको छ ।