काठमाडौं—काठमाडौं उपत्यकामा ५३ सहित थप ३११ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३११ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ जना पुगेको छ ।
कहाँ कति नयाँ संक्रमित थपिए ?
कोशी अस्पताल प्रयोगशाला— झापाका २ जना, मोरङका १६ जना
प्रादेशिक प्रयोगशाला विराटनगर— झापाका १ जना, ओखलढुंगाका १ जना र मोरङका १ जना
गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराज— सप्तरीका १५ जना
प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषाका ८ जना, महोत्तरीका ८ जना
नारायणी अस्पताल प्रयोगशाला— बाराका १ जना, इलामका १ जना र पर्साका १३ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—भक्तपुरका १ जना, कपिलवस्तु ३४ जना, काठमाडौं ११ जना, नुवाकोटका १ जना र सिन्धुपाल्चोकका ४ जना
शुक्रराज अस्पताल प्रयोगशाला— दाङका १ जना, गोरखाका १ जना, काठमाडौंका ९ जना, ललितपुरका १ जना, रामेछापका १ जना
भरतपुर अस्पताल प्रयोगशाला— नवरपरासीपूर्वका १ जना
पाटन अस्प्पताल प्रयोगशाला—धनुषाका १ जना, पर्साका १ जना, ललितपुरका १ जना र सर्लाहीका १ जना
त्रिवि शिक्षण अस्पताल प्रयोगशाला— नवलपरासीका १ जना र काठमाडौंका १ जना
नेपाल प्रहरी अस्पताल प्रयोगशाला—काठमाडौंका २१ जना
स्टार अस्पताल प्रयोगशाला ललितपुर— काठमाडौंका ६ जना, ललितपुरका २ जना
क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—कास्कीका २ जना, लमजुङका २ जना, स्याङजाका १८ जना
प्रादेशिक प्रयोगशाला रुपन्देही—बाराका ४ जना, रौतहटका १ जना, मकवानपुरका १ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—दाँङका ५ जना, बाँकेका ३ जना
लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला —नवलपरासीपूर्वका ५ जना, रुपन्देहीका २ जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—सुर्खेतका ३ जना
दैलेख प्रयोगशाला—दैलेखका १ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला—बझाङका ३ जना र डोटीका ३५ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला —अछामका १६ जना, दार्चुलाका १ जना, डोटीका २३ जना, कैलालीका १८ जना र कन्चनपुरका १ जना