२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि दुरूपयोग गर्ने एक दर्जन फार्मेसी निलम्बनमा

औषधि दुरूपयोग गर्ने एक दर्जन फार्मेसी निलम्बनमा


विराटनगर—औषधि व्यवस्था विभागले गरेको निर्णयलाई लत्याउँदै पैसाको लोभमा फार्मेसी संचालकहरूले औषधिको चरम दुरूपयोग गर्दै अनुचित प्रयोग गरेको एक दर्जन औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभाग विराटनगरले आर्थिक वर्ष २०७६/०७७ मा विराटनगरसहितका १२ वटा औषधि फार्मेसीलाई निलम्बन गरेको हो ।

निलम्बन गरेको औषधि पसलहरू प्रदेश १ तीन जिल्ला र प्रदेश २ का दुई जिल्लाका छन् । औषधि व्यवस्था विभाग विराटनगरको कार्यक्षेत्र १४ जिल्ला रहेको प्रदेश १ र २ नम्बर प्रदेशको सिरहा र सप्तरी जिल्ला पर्दछ ।

यसरी निलम्बनमा पर्ने मोरङको पाँच वटा फार्मेसी रहेका छन् । विराटनगर– ९ न्यूरो हस्पिटल अगाडि विकास मण्डलले संचालन गरेको ‘हाम्रो फ्रेन्डसीप फार्मेसी’लाई औषधि व्यवस्था विभागले निलम्बन गरेको छ । हाम्रो फ्रेन्डसीप फार्मेसीले मानव स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद सकिएको औषधि बिक्री वितरण गरेको आरोपमा संचालक मण्डललाई पक्राउ गरी पसल गत चैत १९ गते निलम्बन गरेको थियो । उक्त फार्मेसी अहिले पनि बन्द छ । पक्राउ परेका मण्डल केही दिन अगाडि मोरङ अदालतले ३ लाख रूपैयाँ धरौटीमा छोडन आदेश दिएको थियो । अदालतले तोकेको धरौटी रकम बुझाएका उनी रिहा भएका छन् । औषधि व्यवस्था विभाग विराटनगरको अनुसार मण्डलले १५ प्रकारका विभिन्न औषधी म्याद सकिएको विक्री वितरण गर्दै आएको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

यस्तै मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्लामा रहेको राय मेडिकल हल एक महिनादेखि निलम्बनमा परेको छ । उक्त मेडिकल हलले म्याद गुज्रेकेको र डाक्टरको पुर्जा बिना बेच्न नपाइने बिभिन्न प्रकारका औषधिहरु विक्री वितरण गरेको पाइएपछि गत चैत ११ गते सिल गरिएको थियो । औषधि व्यवस्था विभाग विराटनगरले राय मेडिकल हललाई चैत ११ देखि गत जेठ २२ गतेसम्म निलम्बन गरेको हो ।

यस्तै, निलम्बनमा पर्ने फार्मेसीहरुमा विराटनगरको सविन फार्मेसी, सुनिधा फार्मेसी, वी केयर फार्मेसी रहेको छ । यस्तै, सप्तरीको सिद्ध मेडिकल हल, सुनसरीको धरान उपमहानगरपालिका—१८ स्थित महावीर मेडिकल हल, सिराहको गोलबजारको प्रतियुष मेडिसिन, मोरङको रंगेली नगरपालिकाको इशान्त फार्मेसी र सिराहको एहसान आयुर्वेदिक मेडिकल निलम्बनमा परेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जीव शर्मा कट्टेलले जानकारी दिए । निलम्बनमा परेका औषधि पसलहरू एक सातादेखि एक महिना भन्दा बढी रहेको छ ।

औषधि व्यवस्था विभागको नियम र निर्देशन पालना नगर्ने पसल कारवाहीको दायरमा आएको उनकाले बताए । कारवाहीमा पर्ने अधिकांश औषधि पसलहरू म्याद सकिएको औषधि विक्री वितरण गर्ने, पसल दर्ता नभएको, औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधिको संचय गरी विक्री वितरण गर्ने पसलहरू छन् । आर्थिक वर्षमा ४ सय ९२ वटा पसल अनुगमन गरेर मापदण्ड पूरा नगरेका ३६ वटा औषधि पसल बन्द गरिएको औषधि व्यवस्था विभाग विराटनगरको अभिलेखमा उल्लेख छ ।

औषधि व्यवस्था विभागले गरेको निर्णयलाई लत्याउँदै पैसाको लोभमा फार्मेसी संचालकहरूले औषधिको चरम दुरूपयोग गर्दै अनुचित प्रयोग गर्ने ७ वटा मुद्दा अदालतमा दायर गरेको छ । फार्मेसी संचालकहरू कमाउ धन्दामा लागेर कतिसम्मको बदमासी गरेको पाइएको छ भने चिकित्सकको ‘प्रेस्क्रिीप्सन’ बेगर लागु औषध प्रयोगकर्ताहरूलाई समेत औषधि विक्री वितरण गर्ने ७ जना फार्मेसी संचालक विरूद्ध आर्थिक वर्षमा अदालतमा अभियोग दर्ता गरिएको छ । प्रदेश १ को विभिन्न जिल्लाहरूमा फार्मेसीहरूले लागत मूल्यभन्दा तीन गुणा बढी मुल्य लिएर औषधिको अनुचित प्रयोग बढेको छ । औषधिको चरम दुरूपयोग गर्दै अनुचित प्रयोग बढाएका हुन् ।

आर्थिक वर्षमा १३ वटा औषधि पसललाई सचेत गराएको छ भने ६० वटा पसललाई तारेखमा राखेर विभागले छोडेको छ । आर्थिक वर्षमा ३ सय ४५ वटा औषधि पसल विभागमा दर्ता भएका छन् । आर्थिक वर्षमा ३५ लाख ७३ हजार ४ सय ६३ रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकमा देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ