२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१३१ औं वर्षमा नेपालकै जेठो वीर अस्पताल

१३१ औं वर्षमा नेपालकै जेठो वीर अस्पताल


काठमाडौँ- नेपालको सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नो १ सय १३१ औं वार्षिकोत्सव मनाएको छ । १ सय ३३ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले सोमबार  वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

ट्रमा सेन्टरको हलमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल रहेका थिए । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यत्तिका वर्ष सफलतापूर्वक पार गरी आएको वीर अस्पताललाई शुभकामना दिँदै सो  वार्षिकोत्सव वीरको मात्र नभई सम्पूर्ण नेपाली जनताको रहेको बताए ।

अस्पतालको प्रगति एवं प्रभावकारिताका निम्ति सरकार सदैव साथमा रहेको बताउँदै उनले भने,  ‘आवश्यक सहयोगको लागि तत्पर सरकार नराम्रो कामको सामना गर्न पनि तयार रहेको छ । तसर्थ, तपाईहरु राम्रा कार्यको निम्ति अघि बढ्नुहोस् ।’

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा पनि बोल्दै उनले कोरोना कुनै पनि पार्टी, जात, धर्म, लिंग विशेष नभएकाले एकताबद्ध रुपमा यस विरुद्ध लडाइ लड्दै विश्वको अघि उदाहरणीय रुपमा खडा हुन समेत आह्वान गरे ।

यसै क्रममा कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले मुलुककै ऐतिहासिक एवम् जेठो वीर अस्पतालले विभिन्न वर्ग, तह, तप्का तथा भौगोलिक क्षेत्रका आम जनसमुदायदेखि विशिष्ट समुदायका बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको बताए । यस्तै, उनले लकडाउनको अवधिमा पनि अस्पतालको कुनै पनि सेवा सुविधा अवरुद्ध नगरी निरन्तर रुपमा सेवामा खटिएको उल्लेख गरे।  कोभिड-१९ को जोखिममा पनि उत्तिकै ध्यान दिएको  जिकिर गर्दै डा. सेञ्चुरीले भने, ‘कोभिड-१९ का लागि भनेर सरकारद्धारा नतोकिएता पनि सबै बिरामीको स्टाटस जान्ने नसकिने भएकाले यसकोजोखिमको ख्याल राख्दै निरन्तर सेवा दिदै आएका छौँ ।’

उक्त कार्यक्रममा कोभिड-१९ मा पनि अग्रपन्ती रहेर निरन्तररुपमा खटेका चिकित्सक, लामो समयदेखि अस्पतालमा निरन्तर सेवा पु¥याउदै आएका जेठो स्वास्थ्यकर्मी  एवम् कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

वार्षिैकोत्सवको उपलक्ष्यमा उपस्थित सबैले अस्पताललाई आगामी दिनमा प्रगतितर्फ लम्कन प्रोत्साहन दिँदै शुभकामना समेत व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ