काठमाडौं—काठमाडौंमा ३ सहित थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १ सय कोरोना संक्रमित थपिएसँगै संक्रमित १८ हजार ९४ जना पुगेको छ । जसमध्ये ५ हजार ३ सय ७० सक्रिय संक्रमित केस रहेका छन् ।
पछिल्लो २४ घण्टामा २०७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज १२ हजार ६ सय ८४ जना छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला जम्मा ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
कहाँ कति नयाँ संक्रमित थपिए ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान—सुनसरी ४ जना
कोशी अस्पताल प्रयोगशाला—मोरङका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर—झापाका १ जना, ताप्लेजुङका ३ जना
गजेन्द्रनारायण सिंह अस्पताल राजविराज— सप्तरीका १८ जना
प्रादेशिक प्रयोगशाला जनकपुर— धनुषाका ५ जना
नारायणी अस्पताल वीरगन्ज प्रयोगशाला—पर्साका ६ जना, बाराका ३ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौंका २ जना, सर्लाहीका २ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—काठमाडौंका १ जना
भतरपुर अस्पताल प्रयोगशाला—चितवनका १ जना
वीर अस्पताल प्रयोगशाला—सर्लाहीका १ जना
प्रादेशिक क्षयरोग केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी— लमजुङका ७ जना, स्याङजाका ३ जना, बाग्लुङका ३ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान—कालिकोटका ६ जना
दैलेख प्रयोगशाला—दैलेखका १६ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला— बझाङका १ जना, डोटीका ७ जना