२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा


काठमाडौं—सरकारले कोभिड–१९ को जोखिम भत्तालगायत कर्मचारी व्यवस्थापन र सो सँग सम्बन्धित औषधी एवं औषधी जन्य सामाग्रीको व्यवस्थापनका भन्दै केन्द्रीय अस्पताल, सातै प्रदेश र निजी अस्पताल गरी ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कोभिड—१९ उपचार गरिरहेका १४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठान, ७ वटै प्रदेश सरकार र १७ वटा निजी अस्पताललाई सो रकम निकासा गरेको हो ।

सरकारले १ जना सामान्य लक्षण भएका संक्रमितको दैनिक ३ हजार ५ सय रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । ७ प्रदेशमा १२ हजार ८ सय ८८ जना संक्रमितको दैनिक ३ हजार रुपैयाँका दरले ९८ दिनको खर्च स्वरुप ६३ करोड, १५ लाख, १२ हजार रुपैयाँ निकासा गरिदिएको हो । जसमा संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, संक्रमितको व्यवस्थापन, खाजा, खानासहितको रकम रहेको मन्त्रालयको योजना महाशाखाले जनाएको छ ।

त्यसैगरी, १४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठानले १ हजार ६ सय ९० जना संक्रमितको उपचार गरेको र सो वापतको खर्च ८ करोड ४१ लाख ८६ हजार रुपैयाँ निकासा भएको छ ।

१७ वटा निजी अस्पतालले २ सय ५१ जना संक्रमितको उपचार गरेको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेका छन् । ती संक्रमितको उपचार गरेवापत उनीहरुलाई ६३ लाख ४५ हजार ५ सय निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

निकासा गरिएको रकम असार मसान्तसम्म प्राप्त विवरणअनुसारको रहेको योजना शाखाका तथ्यांक अधिकृत सूर्यबहादुर कार्कीले बताए । स्थानीय तहमा काम गरेका स्वास्थ्यकर्मीको हकमा भने संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयको कोभिड—१९ म्यानेजमेण्ट इन्फर्मेसन सिष्टमको तथ्यांकका आधारमा कोरोना नियन्त्रण कोषमार्फत जोखिम भत्ता उपलब्ध गराइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

असार मसान्तसम्म संकलित तथ्यांकका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरण गरेको जोखिम भत्ता


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ