२०८१ पुस १५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ३ जनासहित थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा सक्रिय केसको संख्या ५ हजार ९ सय ३६ जना रहेको छ । अहिलेसम्म नेपालमा १७ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा ११ हजार ८ सय ६८ जना कोरोना जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशाला ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान—सुनसरीका २ जना

कोशी अस्पताल प्रयोगशाला विराटनगर—झापा १ जना, सुनसरीका ४ जना र इलामका १ जना

प्रादेशिक प्रयोगशाला—मोरङका १ जना, झापाका २ जना

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराज—सिरहाका १ र सप्तरीका ९ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर— धनुषाका २ जना

नारायणी अस्पतला प्रयोगशाला वीरगन्ज— पर्साका ४ जना, बाराका ४६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— काठमाडौंका २ जना, सर्लाहीका २३ जना, सोलुखुम्बुका ४ जना

पाटन अस्पताल प्रयोगशाला— ललितपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—कास्कीका ८ जना र लमजुङका १ जना

प्रादेशिक प्रयोगशाला पोखरा—तनहुँ २ र स्याङजाका १ जना

भेरी अस्पताल प्रयोगशाला—बाँकेका २ जना, रोल्पा ४ जना, सल्यानका २ जना र रुकुमपूर्वका ७ जना र दाङका ५ जना

लुम्बिनी प्रादेशिक प्रयोगशाला— दाङका १ जना

दैलेखका पिसिआर प्रयोगशाला— दैलेखका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला— दैलेखका १ जना, सल्यानका १ जना, सुर्खेतका ४ जना, हुम्लाका १ जना र कालिकोटका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला— डोटीका ४० जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला— कैलालीका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ