२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारको कामबाट दुई तिहाई स्वास्थ्यकर्मीहरु असन्तुष्ट

सरकारको कामबाट दुई तिहाई स्वास्थ्यकर्मीहरु असन्तुष्ट

काम गर्न भने इच्छुक


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) महामारीको समयमा सरकारबाट भएको कामका बारेमा दुई तिहाई स्वास्थ्यकर्मी असन्तुष्ट देखिएका छन् । असन्तुष्टिका बाबजुद पनि उनीहरु सेवा गर्न भने इच्छुक देखिएको एक अध्ययनबाट खुलेको छ ।

नेपाल र अमेरिकामा रहेका १५ जना अध्ययनकर्ताहरुको समूहले सातै प्रदेशका १ हजार ५१ जना स्वास्थ्यकर्मीमा हालै एक हप्ता बढी समय लगाएर इन्टरनेटमा आधारित भएर उक्त अध्ययन गरेको थियो । उक्त अध्ययनका क्रममा दुई तिहाई स्वास्थ्यकर्मी सरकारको कामप्रति पूर्णरुपमा असन्तुष्ट देखिएका छन् । तर, यस विषम परिस्थितिमा जनताको सेवा गर्न भने इच्छुक भएको प्रतिक्रिया दिएका छन् ।

अध्ययनले करिब ८३ प्रतिशत अंग्रपक्तिमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड—१९ सम्बन्धी ज्ञान रहेको देखाएको छ । बाँकी १७ प्रतिशतमा ज्ञान पाइएको छैन जसले गर्दा उनीहरु बढी संक्रमित देखिएका छन् । अध्ययनकर्तामध्येका एक मुकेश अधिकारीका अनुसार सरकारको कार्यप्रतिको धेरै स्वास्थ्यकर्मीको असन्तुष्टि पाइएको छ । उनीहरु सेवामा सन्तुष्ट नहुँदासम्म प्रभावकारी काम देखिदैन । अध्ययनमा ६४ प्रतिशत अर्थात ६७२ जना जस्तोसुकै जटिल परिस्थितिमा पनि काम गर्न इच्छुक देखिएका छन् ।

‘सरकारले आफ्नो तर्फबाट सक्दो प्रयासहरु गरिरहेको बताएतापनि अध्ययनमा संलग्न स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि कायम रहनु स्वास्थ्यकर्मीको आवश्यकता र सरकारको कामबीचको तालमेल नहुनु हो,’ उनले भने । अध्ययनका क्रममा पुरुषभन्दा महिलामा जनचेतना कम पाइएको छ ।

संघ र प्रदेश मन्त्रालय र अन्तर्गतका व्यवस्थापकीय कार्यालयहरुभन्दा स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोभिड—१९ सम्बन्धी ज्ञान कम रहेको पाइएको छ । अध्ययनमा सरकारको प्रतिकार्य प्रति वाग्मती प्रदेशको दाजोमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुको सकारात्मक धारणा रहेको पाइएको छ । तालिम नभएका कारण पनि स्वास्थ्यकर्मीहरु कोभिड—१९ बारे अनविज्ञ पाइएको अधिकारीहरुले बताएका छन् ।

अध्ययनले फ्रन्टलाइनमा कार्यरत डाक्टरको दाँजोमा ल्याव सम्बन्धि स्वास्थ्यकर्मी, नर्स, पारामेडिक्स र जनस्वास्थ्यकर्मी महामारीको बेलामा काम गर्न बढी इच्छुक छन् भन्ने देखिएको छ । स्वास्थ्कर्मीहरुको घरमा ५ वर्षभन्दा सानो बच्चा र ६० वर्ष उमेर पार गरेका वृद्धवृद्धाहरु छन्, उनीहरुमा कोभिड—१९ महामारीमा काम गर्ने इच्छा कम रहेको पाइएको छ । उक्त अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट स्वीकृती लिएर गरिएको थियो । सो नतिजा हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सम्मेलनमा समेत प्रस्तुत गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ