२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा घुम्ती शिविरमार्फत २५ जना पुरुषले गरे स्थायी बन्ध्याकरण

जुम्लामा घुम्ती शिविरमार्फत २५ जना पुरुषले गरे स्थायी बन्ध्याकरण


जुम्ला– जुम्लास्थित हिमा गाउँपालिकाको स्वास्थ्य शाखाले परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालनमा २५ जना पुरुषको भ्यासेक्टोमी गरेको छ । कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित दुई दिने शिविरमा सन्तानको रहर पुगेका पुरुषहरूको स्थायी बन्ध्याकरण गरिएको हो ।

धेरै सन्तान जन्माएर शिक्षा, स्वास्थ्य र पालनपोषणमा पनि नागरिकलाई समस्या हुने भएकोले बेला–बेला स्थायी पुरुष बन्ध्याकरणका शिविर सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

गाउँपालिकाद्धारा बड्की स्वास्थ्य चौकी अनुगमन

गाउँपालिकाले बड्की स्वास्थ्य चौकीको अनुगमन गरेको छ । स्वास्थ्य सेवाका विषयमा जानकारी लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपवहादुर बुढा र स्वास्थ्य शाखा प्रमुख रतन रावत लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत बुढाले नियमित स्वास्थ्यकर्मीलाई नागरिकको सेवामा सहभागी हुन निर्देशन दिए । गाउँमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन आउने नागरिकको चाप हुने भएकाले सन्तुष्ट हुने गरी सेवा दिन निर्देशन दिइएको छ ।

घरमै हुने सुत्केरी दरलाई कम गर्दै सबैलाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति गराउने वातावारण बनाउन उनले आग्रह गरे । अहिले पनि कतिपय महिलाहरू घरमै सुत्केरी हुने गरेको स्वास्थ्य चौकीकि अनमी मालिका आचार्यले बताइन् ।

‘गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामै सुत्केरी हुन आग्रह गरेका छौं,’ उनी भन्छिन्, ‘तैपनि कतिपय महिलाहरू घरमै सुत्केरी हुन्छन् ।’

घरपरिवारले स्वास्थ्य संस्था सम्म नल्याइदिनु, बाटो सहज नहुनु र हिउँदको सिजनमा चिसो हुने भएकाले महिलाहरु घरमै सुत्केरी हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश आचार्य बताए । ‘घरमै हुने सुत्केरी दरलाई न्युनिकरण गर्नको लागि स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिने छ,’ उनले भने ।

गत साउनदेखि हालसम्म ४१ जना स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको बड्की स्वास्थ्य चौकीको रेकर्डमा छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने सबैले यातायात खर्च बापत ३ हजार र चार पटक नियमित गर्भजाँच गरेकालाई ८ सय रुपैयाँ दिने गरिएको आचार्यले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ