नयाँ कोरोना संक्रमित ५० प्रतिशतमा लक्षण देखिन थाल्यो

वीरगन्ज—वीरगन्जमा देखिएका नयाँ कोरोना संक्रमितहरुमा लक्षण देखिन थालेको छ । पछिल्लो समय संक्रमित भएर अस्पतालको आइसोलेसनमा रहेका १८ जनामध्ये ५० प्रतिशतमा कोभिड—१९ का कुनै न कुनै लक्षण देखिएको चिकित्सकले बताएका छन् ।
नारायणी अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक समेत रहेका डा. उदय सिंहले नयाँ संक्रमितमध्ये झण्डै ५० प्रतिशतमा कोभिड—१९ को लक्षण देखिएको जानकारी दिए ।
‘पहिले ९० प्रतिशत लक्षणबिहीन संक्रमिथत थिए,’ उनले भने, ‘पछिल्लो समय संक्रमित देखिएकाहरुमा लक्षण पनि देखिएको छ । अब उच्च सतर्कता अपनाउने बेला आएको छ ।’
नारायणी अस्पतालमा हाल १८ जना नयाँ संक्रमित छन् । तीमध्ये अधिकांशको बाहिर गएको अथवा बाहिरबाट आएका मानिसहरुसँगको सम्पर्क छैन् ।
लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने र आलस्यता आउने जस्ता समस्या देखिएको डा. सिंहले बताए ।
धेरै पढिएका
- १ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै
- ६ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ७ के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ?
तपाईको प्रतिक्रिया दिनुहोस