२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसशुल्क अनलाइन चिकित्सकीय सेवाको निर्देशिका बनाउन माग

सशुल्क अनलाइन चिकित्सकीय सेवाको निर्देशिका बनाउन माग


काठमाडौं—असल डाक्टर अभियानले सशुल्क अनलाइन चिकित्सकीय सेवा सञ्चालन नियमन निर्देशिका बनाउन माग गरेको छ । सोमबार अभियानका संयोजक डा. सुशील कोइरालाले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई ज्ञापनपत्र बुझाउँदैं अनलाइन चिकित्सकीय सेवाबारे निर्देशिका बनाउन माग गरेका हुन् ।

नेपालमा कोभिड—१९ पनि अनलाइन चिकित्सकीय सेवा चलायन रहेको उल्लेख गर्दै उनले अहिले विभिन्न एप तथा वेवसाइटबाट यस्ता सेवाहरु सन्चालनमा रहेको उल्लेख गरेका छन् । ‘अनलाइन चिकित्सकीय परामर्श सेवा प्रदान गर्दा के कस्ता कार्यविधीहरु अपनाउनुपर्ने हो त्यसका लागि स्वास्थ्य मन्त्रालयको कुन आधिकारिक संस्थामा दर्ता हुनुपर्ने, कुन प्रक्रियाबाट आईसिटी कम्पनीहरुले यस्ता स्वास्थ्य सेवा सन्चालन गर्न पाउने हो यसमा नेपाल मेडिकल काउन्सिलको कुनै प्रष्ट निर्देशिका छ/छैन् र काउन्सिलले यस्ता इहेल्थ सेवाहरु कसरी अनुगमन गरिरहेको छ भन्नेबारेमा जानकारी पाउन हार्दिक अनुरोध गर्दछु,’ ज्ञापनपत्रमा भनिएको छ ।

काउन्सिलमा व्यवस्था नभएमा नेपालको माटो र परिवेश सुहाउँदो इहेल्थका लागि आवश्यक पर्ने नियम, कानुन र निर्देशिका छिटो व्यवस्थापन गर्न आग्रह गरिएको छ । यस्ता कानुन बनाइएमा नेपालमा पनि इहेल्थ सेवा जनमुखी स्वास्थ्य व्यवसायको रुपमा स्थापित हुने उल्लेख छ ।

ज्ञापनपत्रमा इहेल्थ सेवालाई संसारका विभिन्न देशहरुमा त्यस देशका मेडिकल/डेन्टल काउन्सिल वा सम्बन्धित सरकारी निकायले विशेष कानुन र आवश्यक निर्देशिकाहरु निर्माण गरी सेवा सन्चालनको गुणस्तर, सेवा प्रदानका सिलसिलामा आइपर्न सक्ने जोखिमको मुल्यांकन, बिरामीको व्यक्तिगत डाटाको सुरक्षा, हकहित र सेवा प्रदान गर्ने चिकित्सकहरुको व्यसायिक दायित्व आदिबारे आवश्यक अनुगमन हुन सक्ने कडा व्यवस्था मिलाई सेवा सञ्चालनको अनुमति दिने चलन रहेको उल्लेख छ ।

उक्त ज्ञापनपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल चिकित्सक संघ, नेपाल डेन्टल एशोसिएसनलाई बोधार्थ दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ