२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ

टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एक विभागका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट १ लाख घुससहित रंगेहात पक्राउ गरेको बताए । सातौं तहका अधिकृत गुप्ता जनचेतनामूलक सामाग्रीको कोटेसन पारिदिएवापत कमिसनका रूपमा मागेको घुस रकम बुझ्दैं गर्दा अख्तियारको फन्दामा परेका हुन् ।

उनलाई अख्तियारको टोलीले स्टीङ अप्रेसन गरेर पक्राउ गरेको हो । अहिले गुप्तामाथि थप अनुसन्धान भैरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ