२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअवैध रुपमा कोरोना परीक्षण शुल्क उठाउने निजी अस्पतालमाथि छानविन सुरु

अवैध रुपमा कोरोना परीक्षण शुल्क उठाउने निजी अस्पतालमाथि छानविन सुरु


काठमाडौं—कोरोनाको पिसिआर परीक्षणका नाममा कानुन विपरित स्वाब संकलन गरी अवैध शुल्क उठाउने निजी अस्पताल छानविनको दायरामा आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता अस्पतालहरुलाई छानविनको दायरामा ल्याउन मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटालाई जिम्मेवारी दिएको छ ।

हेल्थआवाज डटकमले शुक्रबार राजधानीका तीन ठूला अस्पतालले कानुनविपरित स्वाब संकलन गरी कोरोना परीक्षणका नाममा अवैध शुल्क असुल्ने गरेको समाचार प्रकाशित गरेको थियो । सो समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकाल, सचिव लक्ष्मण अर्यालसहितको महाशाखा प्रमुखहरुको बैठकले सो महाशाखालाई छानविन गर्ने जिम्मेवारी दिएको हो ।

‘आजको बैठकले अवैद्य रुपमा स्वाब कलेक्सन गरी शुल्क असुलेको विषयमा समाचार आएपछि मन्त्रालयले छानविनको जिम्मा दिएको छ,’ डा. देवकोटाले भने, ‘छानविन गरेर त्यहीअनुसार प्रक्रिया अगाडि बढाउँछौं ।’

कानुन विपरित स्वाब कलेक्सन गरेर परीक्षण गर्ने भन्दैं शुल्क उठाउनेहरुमा ग्राण्डी इन्टरनेशल अस्पताल धापासी, ह्याम्स अस्पताल धुम्बाराही र नेपाल मेडिकल कलेज अत्तरखेल रहेका छन् ।

यो पनि पढ्नुस

अवैध रुपमा कोरोना परीक्षण शुल्क असुल्दै निजी अस्पताल, रमिते स्वास्थ्य मन्त्रालय


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ