नेपालमा देखिएका लगभग १६ हजार संक्रमित भएकामध्ये ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन । पछिल्लो तथ्यांक हेर्दा ९७ प्रतिशत व्यक्तिहरु बाह्य देशबाट आएका छन् । आरटी—पिसिआर गरेको २ लाख ६० हजारमध्ये सबभन्दा धेरै प्रदेश २ र ५ मा संक्रमित छन् भने अहिले सुदूरपश्चिम प्रदेश सबैभन्दा धेरै जोखिममा रहेको देखिन्छ । गण्डकी र बागमती प्रदेशमा न्युन संख्यामा केस देखिएका छन् । प्रदेश २ र ५ मा क्लस्टर (समूहगत) केसहरु देखिएका छन् ।
समुदायमा यो रोग छ कि छैन त ? भन्ने प्रश्नहरु धेरै छ । समुदायमा संक्रमण फैलिएको छैन । यसका कारणहरु छन् । हालसम्म नेपालमा १५ देखि ५४ वर्ष समूहका ८७ प्रतिशत पुरुष संक्रमित रहेका छन् । जो श्रमका लागि अन्य देशमा गएका व्यक्तिहरु हुन् । त्यहाँबाट फर्कदा नै संक्रमित भएर आएका हुन् । अर्को समुदायमा नफैलिएको तथ्य भनेको महिला एवं पुरुषमा समान रुपमा देखिएको छैन । यदि समुदायमा फैलिएको भए पुरुष अति बढी र महिलाको संख्या ज्यादै कम हुदैनथ्यो ।
अर्काे समुदायमा संक्रमण हुनका लागि कुनै समुदायमा एउटा समूहमा हुन्थ्यो जसको स्रोत थाहा नभएको हुनुपर्छ । तर, हाम्रोमा देखिएका छिटफुट केसहरु मात्र रहेका छन् । जुन ३ देखि ४ प्रतिशतमा कहीँ नगएर पनि संक्रमण भएको छ । तर, तीमध्ये पनि क्वारेन्टाइनमा बसेको वा त्यहाँ सेवा गरेकोजस्ता लिंकहरु रहेको छ । यद्यपि, यो कोभिड—१९ समुदायमा आउन सक्ने अनुमान हामीले गरेका छौं । कोरोनासँगसँगै हामी जानुपर्ने अवस्था हुनसक्छ । तर, हालसम्म समुदायमा पुगिसकेको भने छैन ।
काठमाडौंमा विदेशबाट आएका धेरै
धेरै चर्चाको विषय भनेको काठमाडौंमा धेरै केसहरु आए । अब कत्तिको जोखिममा छौ? काठमाडौंमा मंगलबार बेलुकासम्म २ सय ६७ जना व्यक्ति काठमाडाैंको ठेगाना देखिन्छ । त्यसमध्ये १ सय ७५ जना काठमाडौंका, ४१ जना ललितपुर र भक्तपुरबाट ४३ जना रहेका छन् । यीमध्ये ७९ व्यक्तिहरु विदेशबाट रेस्क्यु फ्लाइटबाट आएका हुन् ।
महामारीको अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशमा मानिस पठाउँदा रोग छैन भन्ने र आरटी—पिसिआर गरेर पठाउनुपर्ने हुन्छ । तर, नेपाल आएका १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतमा आरटी—पिसिआर भएको रिपोर्ट छ । अर्काे ३५ प्रतिशत आरडिटी परीक्षण गरेको तथ्यांक छ । केही यस्ता व्यक्तिहरु पनि छन् जो कुनै पनि रिपोर्ट नलिई आउनु भएको छ । यहाँसम्मकी लक्षण देखिएका बिरामीहरु समेत प्लेनमा आएको रेकर्ड समेत रहेको छ ।
एक साताभित्र पिसिआर गरेर आएको व्यक्तिमा संक्रमणको सम्भावना न्यून रहन्छ । त्यस्ता व्यक्तिहरु सुरक्षित तरिकाले होम आइसोलेसन जान सक्छन् । तर, आरडिटी परीक्षण गरेका र केही परीक्षण नगरेका व्यक्तिलाई क्वारेन्टाइन, होटेल क्वारेन्टाइन, आइसोलेसन अथवा होल्डिङ सेन्टरमा राख्नुपर्ने बाध्यता छ । प्रायजसोः संक्रमित साउदी अरेबिया, कुवेतलगायतका खाडी मुलुकहरुबाट आएको देखिन्छ ।
लुकिछिपी आउनेका कारण काठमाडौं जोखिममा
यसैगरी बाह्य क्षेत्र (उपत्यका बाहिर)बाट लुकिछिपी काठमाडौं आउने तर चेकिङको दायरामा नपरेका समूहले पनि संक्रमण प्रसारण गरेका देखिन्छ । यस्तै, विभिन्न कारणवस अप्रेशन गर्नुपर्ने, गर्भवतीका कारण डेलिभरका लागि अस्पताल आवत—जावत गर्ने क्रममा पनि ती व्यक्तिहरु संक्रमित भएको अवस्था देखिन्छ ।
यी व्यक्तिहरु काठमाडौंको कपन, चन्द्रागिरी, बुढानिलकण्ठ, नैकाप र गोल्फुटा क्षेत्रका रहेका छन् । ललितपुरका चापागाउँ, धोबीघाट, गोदावरी, भैसेपाटी, थेचु तथा भक्तपुरका सल्लाघारी, बालकोट, चाँगुनारायणजस्ता विभिन्न ठाउँमा छरिएर रहेका छन् । यसबाहेक विभिन्न अस्पतालहरुमा पनि संक्रमित रहेका छन् । तीमध्ये अधिकांश लक्षणविहिन संक्रमित रहेका छन् ।
कुनै पनि सम्भावना नभएका व्यक्तिहरुमा समेत संक्रमण देखिएका कारण स्थानीय सरकार, वडाध्यक्ष वा स्वास्थ्य संयोजक एवं महानगर /नगरपालिकाको संयोजकमा काठमाडौंमा १२ स्थानमा हामीले सम्पूर्ण व्यक्तिमा परीक्षण भइरहेको छ । तीमध्ये नख्खु टोल र तीनकुनेमा २ सय २८ जनाको जाँच लिदा कसैमा पनि संक्रमण पोजेटिभ देखिएन । अन्य बाकी ९ ठाउँको स्याम्पल संकलन भइरहेको छ । र, केहि दिनमै त्यहाँको रिपार्टसँगै काठमाडौंमा संक्रमित कहाँबाट आइरहेका छन् भन्ने विषयको जानकारी समेत प्राप्त हुन्छ ।
कोरोना समुदायमा फैलिसकेको छ छैन भनेर हामीले बंैक, मालपोतलगायत भिडभाड हुने स्थान, संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका, आईसीयु तथा सम्भावना उच्च रहेको काठमाडौं भित्र वा बाहिर १० जिल्लाका गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरु एवं जोखिम तथा सम्भावना भएका समूह हरुको स्याम्पल संकलन गरी तुरुन्त पिसिआर परीक्षण भइरहेको छ ।
कन्ट्रयाक ट्रेसिङमा द्रुतता
पोजेटिभ रिपोर्ट दिने बित्तिकै डाटा कम्पायल गर्छाै । यसका साथै केस म्यानेजमेन्ट टिमले बिरामीलाई कुन अस्पताल लैजाने हो ? भन्ने व्यवस्थापन गर्छ । यस्तै सिआईसिटी टिमलाई ४ बजेभित्र जानकारी उपलब्ध गराएर इडिसिडीमा भएको टिमको परिचालन हुन्छ । जसले स्थानीय तहमा भएका सिआईसिटीमा जानकारी गराई कन्ट्याक्ट ट्रेसिङको काम व्यवस्थित गरेर समुदायमा जना नदिनका काम गर्छ । यी काम हाल प्रदेश एवं स्थानीय सरकारले गरिरहेका छन् ।
हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ
अन्य देशका व्यक्तिहरुभन्दा हाम्रो देशका व्यक्तिहरुमा प्रतिरोधात्मक क्षमता बढी छ । हामी नेपाली अलि बलियो छौ । अहिलेसम्म अधिकांस लक्षण नभएका देखिनु, मृत्युदर कम हुनु हो । अहिलेसम्म जोखिम एवं दीर्घ रोग भएका व्यक्तिहरुको मात्रै मृत्यु भएको छ । तर, त्यति हुँदाहुँदै नकारात्मक पक्ष भनेको हामी बलिया छौ भन्ने मनसाय अलि सर्तकता नअपनाएको देखिन्छ । सुरक्षा सर्तकता अपनाउन विशेष ध्यान दिनुपर्छ ।
(मंगलबार डा. पाण्डेले स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा राखेको धारणा ।)