२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको बुद्धि बंगारो खुस्कियो

प्रधानमन्त्री ओलीको बुद्धि बंगारो खुस्कियो


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार राती दाहिने भागतिरको बुद्धि बंगारो खुस्किएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको शनिवार आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बंगारो खुस्किएको जानकारी दिए । उनले भने, ‘हिंजो राती दाहिने पट्टिको बुद्धि बंगारो आफै खुस्कियो । बंगारोको जरा रहेनछ । रगत पनि आएन ।’

प्रधानमन्त्री ओलीले आफु नक्कली विरामी नभएको तर अस्थायी विरामी रहेको प्रष्ट्याए । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण पछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिवार विहान पनि अस्वस्थ महसुस भएको बताए ।

भवन उद्घाटनका लागि विहान नौबजे निर्धारित समय तोकिएपनि प्रधानमन्त्री ओली सुतेका कारण झण्डै एक घण्टा ढीलो भएको थियो । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले झण्डै पौने घण्टा मन्तव्य व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ