२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका ३० सहित २९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

काठमाडौं उपत्यकाका ३० सहित २९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?


काठमाडौं—काठमाडौं उपत्यकाका ३० जना सहित थप २९३ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा देशका २५ वटा प्रयोगशाला गरिएको परीक्षणमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार ४ हजार ७ सय १० जनामा गरिएको परीक्षणमा २९३ जनामा कोरोना देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

काठमाडाैं उपत्यकामा ३० मध्ये काठमाडाैंका २७ जना, भक्तपुरका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कहाँ कति ?

कोशी अस्पताल प्रयोगशाला विराटनगर— झापाका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर—पाँचथरका १ जना, ताप्लेजुङका २ जना र मोरङका २ जना

प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषाका २७ जना, सिरहा १ जना र महोत्तरीका १२ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज—पर्साका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—अर्घाखाँचीका १ जना, बैतडीका ३ जना, कैलालीका १४ जना, कपिलवस्तुका १ जना, काठमाडौंका ५ जना, नुवाकोटका १ जना, रौतहटका २ जना, सल्यानका १ जना र सर्लाहीका ६ जना

भरतपुर अस्पताल प्रयोगशाला चितवन—मकवानपुरका १ जना

हेटौडा प्रयोगशाला—रौतहटका २७ जना

वीर अस्पताल प्रयोगशाला काठमाडौं—काठमाडौंका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—अर्घाखाँचीका २ जना, बाँकेका १ जना, काठमाडौंका २१ जना, नुवाकोटका १ जना, सर्लाहीका १ जना, बर्दियाका १ जना, भक्तपुरका १ जना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका १ जना, ललितपुरका २ जना, म्याग्दीका १ जना, धादिङका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा—बाग्लुङका १ जना, तनहुँका २ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—कास्कीका २ जना, लमजुङका १ जना र गोरखाका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही—अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, नवलपरासी पश्चिम १ जना, प्यूठानका ११ जना र रुपन्देहीका २ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङजाका १ जना, बर्दियाका ४ जना

दैलेख प्रयोगशाला—दैलेखका ५ जना, सुर्खेतका २ जना

चौरजहारी नगरपालिका प्रयोगशाला—रुकुम पश्चिमका ४ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला—बाजुराका २० जना

डडेल्धुरा अस्पताल प्रयोगशाला—डडेल्धुराका ३ जना

सेती अस्पताल प्रयोगशाला धनगढी—अछामका १ जना, बैतडीका १ जना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३ जना र कन्चनपुरका ३२ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ