२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो

थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो


काठमाडौं—नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार मन्त्रालयको नियमित कोभिड—१९ ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट गोरखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको पुष्टि गरे ।

गोरखामा १९ असारमा पालुङटार—७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी मधुमेहको दीर्घरोगका बिरामी थिए । निमोनिया भएपछि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिएको थियो । त्यही क्रममा उनको मृत्यु भएको हो ।

यस्तै, रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । क्षयरोगको बिरामी ती पुरुषको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ