२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका ९ सहित नेपालमा थप ४३४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकाका ९ सहित नेपालमा थप ४३४ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकाका ९ सहित थप ४३४ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबार थप ४३४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ४८ जना महिला र ३८६ जना पुरूष रहेका छन् ।

काठमाडाैं उपत्यकामा ९ जनामा कोरोना संक्रमण  देखिएको छ ।  पाटन अस्पताल प्रयोगशाला ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका १ जना पुरूष,  काठमाडौंका २ जना पुरूष  र २ जना महिला कोरोना पुष्टि भएको हो ।

यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा भक्तपुरका १ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४३४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ जना महिला र २९३ जना पुरुष गरी ३१२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

कहाँ कति ? 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— झापा १ जना, सुनसरीका १ जना

कोशी अस्पताल प्रयोगशाला—सप्तरीका ८ जना, सुनसरीका ४ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— मोरङका १ जना

प्रादेशिक प्रयोशाला जनकपुर—धनुषाका ९ जना, महोत्तरीका ५ जना, सिरहा २ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—अछामका १३ जना, बैतडीका १ जना, बझाङका १६ जना, बाजुराका ४ जना, डडेल्धुराका १२ जना, कैलालीका २ जना, कन्चनपुरका ५९ जना, रौतहटका ३८ जना र सर्लाहीका ५ जना

भरतपुर अस्पताल प्रयोगशाला चितवन—पाल्पाका ९३ जना

हेटौडा प्रयोगशाला—बाराका १ जना

पाटन अस्पताल ललितपुर प्रयोगशाला—डोल्पाका १ जना, काठमाडौंका २ जना, ललितपुरका १ जना, सुनसरीका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाल महाराजगन्ज—भक्तपुरका ४ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा—नवलपरासी ५ जना, तनहुँका ९ जना

प्रादेशिक प्रयोगशाला पोखरा—बाग्लुङका २ जना, म्याग्दीका ६ जना, स्याङजाका १ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही—नवलपरासीका ३ जना, प्युठानका ७ जना, पाल्पाका २८ जना, रुपन्देहीका ७ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—रुकुमपूर्वका १ जना, बर्दियाका ६ जना

प्रादेशिक प्रयोगशाला सुर्खेत—बैतडीका १ जना, बझाङका २ जना, बाँकेका १ जना, दैलेखका १८ जना, दार्चुलाका १ जना, धादिङ, इलाम, जुम्ला, कैलाली १/१ जना, कालिकोटका ३ जना, कास्कीका १ जना, लमजुङका १ जना, सल्यानका १ जना, सुर्खेतका १३ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्ला—बैतडीका १ जना, बाजुराका ४ जना, बाँकेका ३ जना, दैलेखका १ जना, दाङका १ जना, धादिङका १ जना, गोरखाका २ जना, गुल्मीका १ जना, इलामका १ जना, जुम्लाका १ जना, कन्चनपुरका १ जना, खोटाङका १ जना, लमजुङका १ जना, ओखलढुंगाका २ जना, पाल्पाका १ जना, रामेछापका २ जना र ताप्लेजुङका ३ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ