२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा


दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दादाङमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका १२ चिकित्सक र ५१ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् ।

आकस्मिक सेवामा काम गर्ने थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

थप १ जनामा संक्रमण देखिएसँगै उनको सम्पर्कमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा राखिएको छ । यसअघि सर्जरी विभागका १ चिकित्सक र ३ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा ती स्वास्थ्यकर्मीमा पनि देखिएको हो ।

संक्रमण देखिए पनि शल्यक्रियाबाहेक अन्य सेवा सुचारु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ