२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १ सहित नेपालमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ९ हजार पुगे संक्रमित

काठमाडौं उपत्यकामा १ सहित नेपालमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ९ हजार पुगे संक्रमित


काठमाडौं—थप ४२१ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयकाअुनसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको हो ।
जसमध्ये ६४ जना महिला ३ सय ५७ जना पुरुष रहेका छन् ।

यस्तै काठमाडौं उपत्यका पनि पछिल्लो २४ घण्टामा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा ललितपुरका एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ती व्यक्तिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १९४ जना रहेको छ । जसमध्ये ८ जना महिला १ सय ८६ जना पुरुष रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । जसमध्ये १४९ जना महिला १ हजार ६ सय २३ जना पुरुष रहेका छन् ।

कहाँ कति ?

प्रदेश १ प्रादेशिक प्रयोगशालामा—मोरङका २ जना, सुनसरीका २ जना

कोशी अस्पताल प्रयोगशाला—
झापा ६ जना, उदयपुर ५ जना

प्रादेशिक प्रयोगशाला जनकपुरमा—धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना

नारायणी अस्पताल प्रयोगशालामा—बाराका ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—अर्घाखाँची १६ जना, डडेलधुराका १४ जना, डोटीका १६ जना, गुल्मीका ५ जना, कैलालीका ३ जना, कपिलवस्तुका ११ जना, नवलपरासी पश्चिमका २१ जना, नुवाकोटमा १ जना, प्यूठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका १ जना, सर्लाहीका ५ जना, सिरहाका ५२ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—ललितपुरका १ जना, पाल्पाका २ जना

धुलिखेल अस्पताल प्रयोगशालामा—अर्घाखाँचीका ४९ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— कास्कीका १ जना, स्याङजाका १० जना, बाग्लुङका २४ जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्व २ जना, पर्वतका २ जना, तनहुँका ४ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही—अर्घाखाँचीका ९ जना, गुल्मीका २ जना, कपिलवस्तुका १४ जना, नवलपरासी पश्चिम १ जना, पाल्पाका २ जना, रुपन्देहीका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बर्दियाका ३ जना, बाँेकका १ जना, रोल्पाका ३ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ—दाङका १० जना, रोल्पाका १ जना

सुर्खेत प्रादेशिक प्रयोगशाला—दैलेख १ जना, सल्यानका ६ जना, सुर्खेत २ जना

सेती अस्पताल प्रयोगशाला—अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडेल्धुराका २७ जना, डोटीका ११ जना, कैलालीका २४ जना, कन्चनपुरका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ