२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

एकैदिन ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


धनगढी—बाजुरा जिल्लामा थप ४१ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका ४१ जनामध्ये ६ जना स्वास्थ्यकर्मी पनि जिल्ला स्वास्थ्य कार्यलय स्रोतले जानकारी दिएको छ ।

जसमा ४ जना बडिमालिका नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । यस्तै, स्वास्थ्य कार्यलय बाजुरामा कार्यरत एक जना र बाजुरा अस्पतालका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोभिड—१९ संक्रमित स्वास्थ्यकर्मीको सङख्या ११ पुगेको छ। यसअघि कञ्चनपुरमा ३ जना, डडेल्धुरामा १ जना र कैलालीमा १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भैसकेको छ।

क्वारेन्टाइनमै आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि

सुदूरपश्चिममा क्वारेन्टाइनमैमै आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ। बाजुराको बडिमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो। बुधबार आएको रिपोर्टमा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।

बडिमालिका नगरपालिका –२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार साँझ क्वारेन्टाइनमा आत्महत्या गरेका थिए। उनी २८ गते मात्रै भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रशाद भट्टराईले बताए । उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

उनी शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए। विगत २४ वर्षदेखि भारत बस्दै आएका उनीसँगै श्रीमती र ४ छोराछोरी नेपाल फर्किएका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ