२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा संक्रमितको संख्या ७ हजार नाघ्यो

नेपालमा संक्रमितको संख्या ७ हजार नाघ्यो


काठमाडौँ –नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ५ सय ८६जनामा कोरोना पुष्टि भएको जनाएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ। त्यस्तै, हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भएको छ। सोमबार मृत्यु भएकी बाँकेकी महिलामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १९ पुगेको हो।  देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

कहाँ कति संक्रमित थपिए ?

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा – ५ जना

प्रदेश नम्बर १ प्रादेशिक प्रयोगशाला – विराटनगरमा ९

विराटनगर प्रादेशिक प्रयोगशाला – मोरङ जिल्लामा ११ जना

प्रदेश २ को प्रयोगशाला – जनकपुर जिल्लामा २७

नारायणी अस्पताल प्रयोगशाला – विरगञ्ज जिल्ला ६ जना

भरतपुर अस्पताल प्रयोगशाला – ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ – २६५ जना

धुलिखेल अस्पताल प्रयोगशाला – ९९ जना

प्रदेश प्रयोगशाला भैरहवा – ५९ जना

भेरी अस्पताल प्रयोगशाला – ३२ जना

राप्ति राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान – दाङ्ग जिल्लामा ३३ जना

प्रादेशिक प्रयोगशाला – सुर्खेत जिल्लामा ४ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – १४ जना

सेती अस्पताल धनगढी – ७ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ