गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने हेल्थ आवाज सोमबार, २०७७ असार १ गते, १७:२० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारको समयमा स्वास्थ्यकर्मीलाई कुनै समस्या आए त्यसको सहजीकरणको लागि समिति बनाएको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. माधवप्रसाद लामिछानेको नेतृत्वमा तीन सदस्य चिकित्सकीय समन्वय समिति बनाइएको हो । सो समितिका सदस्यहरुमा डा. नवराज जोशी र सुनेना यादव रहेका छन् । सो समितिले एक अस्पतालबाट अर्को अस्पतालमा उपचारका लागि लैजानुपर्ने कोभिड—१९ संक्रमितलाई लैजादा आइपर्ने समस्यालाई समाधान गर्ने, संक्रमितको मृत्युपछि आइपर्ने समस्या र कोभिड—१९ सम्बन्धी कुनै नीति निर्देशिकामा स्वास्थ्यकर्मी अस्पष्ट भएमा त्यसलाई स्पष्ट बनाउने गरी जिम्मेवारी दिएको छ । मन्त्रालयले नियमित गर्ने प्रेस ब्रिफिङका क्रममा सो कुरा जानकारी दिइएको हो । कामको सिलसिलामा कुनै समस्या भएमा २४ सै घण्टा सम्पर्क गर्न सक्ने गरी समन्वय समिति बनाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कामको शिलशिलामा कुनै किसिमको समस्या आएमा मन्त्रालयको हटलाइन ११३३ वा सिधा ९८५१२५५८३९ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ :… आयोगको निर्णयले ८०० बढी पिजीका सिट गुमाउनु परेको भन्दैं तत्काल… १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको… धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ३ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ ४ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव ७ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! Kalpana Craft ट्रेण्डिङ पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय