२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेशनल मेडिकल कलेजलाई उन्मुक्ति, चिकित्सक र स्वास्थ्यकर्मीलाई दोष

नेशनल मेडिकल कलेजलाई उन्मुक्ति, चिकित्सक र स्वास्थ्यकर्मीलाई दोष


काठमाडौं–नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा कोरोना संक्रमित आशंका गरिएका (रिपोर्ट पोजेटिभ आएका) व्यक्तिको शव रिपोर्ट नआउँदैं आफन्तलाई बुझाएको र निर्देशिका विपरित दाहसंस्कार गरेकोसहित अन्य दुई घटनाको छानविनका लागि बनाइएको समितिले झारा टार्ने प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएको पाइएको छ ।

१५ जेठमा मन्त्रालयका सहसचिव मोहमद दाउदको संयोजकत्वमा गठन गरिएको ६ सदस्य समितिले तीन वटै घटनाको विषयमा बारा र पर्सा पुगी औपचारिकता मात्र निभाएर काठामाडौं फर्किएको पाइएको हो । फर्किएलगत्तै बुझाएको एक पानाको सो प्रतिवेदनमा घटनाका विषयमा जानकारी लिएर आएको उल्लेख गरिएको छ ।

तीन वटै घटनाको सारांशमा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई मेडिकल काउन्सिलमार्फत छानविन गर्नुपर्ने सिफारिस गरिएको छ । हेल्थ आवाजलाई प्राप्त समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छानविन विवरणमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्वाहीको सिफारिस गरी अस्पतालका उच्च अधिकारीसँग छलफल भएको उल्लेख गरेको छ ।

‘तीन वटै घटनाहरुमा बिरामीहरुको मृत्यु भएकाले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग पनि सोधपुछ, छलफल गर्न र उपचारको क्रममा भएको कार्यविधीहरुको सत्यता समेतको छानविन आवश्यक देखिएको हुँदा नेपाल मेडिकल काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिमार्फत उपरोक्त बमोजिमका रोगहरुका विज्ञहरु समेतको राय लिन उपयुक्त हुने देखिएकोले सोही बमोजिम हुन सिफारिस गर्दछौं,’ पत्रमा उल्लेख छ ।

दाउद संयोजकत्व रहेको छानविन समितिमा मेडिकल काउन्सिलबाट डा. सुप्रभात श्रेष्ठ, नारायणी अस्पतालका चिक्त्सिक डा. वीरेन्द्रबहादुर श्रेष्ठ, पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ ललितकुमार बस्नेत र प्रदेश २ सामाजिक विकास मन्त्रालयका उपसचिव सदस्य रहेका थिए । समितिका सदस्यसचिव पर्सा जनस्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर यादवलाई तोकिएको थियो ।

प्रतिवेदनमा मन्त्रालयको असन्तुष्टि

समितिले स्वास्थ्य सचिवलाई बुझाएको पत्रमा वीरगञ्ज गएर ७ वटा काम गरेर फर्किएको र त्यसको जानकारी गराएको उल्लेख छ ।

(हे. पत्र)

तीन वटै घटनाको छानविन गरी रायसहित पूतिवेदन बुझाउन बनाइएको समितिले एक पेजको जानकारी पत्र बुझाएपछि मन्त्रालयले सो जानकारी पत्रमा असन्तुष्टि जनाउँदै रायसहित प”र्ण प्रतिवेदन ब’झाउन निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ । ‘उहाँहरुको अधिकारअनुसार प्रतिवेदन आएन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘एक पेजको जानकारी पत्र दिएर पन्छन खोज्नुभयो ।’

समितिले छानविन तीन वटै घटनामा सम्बन्धित व्यक्तिहरुसँग भेटेर जानकारी लिएको उल्लेख गरेको छ । तीन वटै घटनामा को दोषी छ या छैन भनेर आफ्नो राय समेत पेश गरिएको छैन । मन्त्रालयले ती घटनामा अस्पताललाई कार्वाही गर्नुपर्ने या नपर्ने राय दिनसमेत निर्देशन दिएको छ । ‘उहाँहरुलाई अस्पतालको गल्ती हो होइन ? कार्वाही गर्नुपर्ने भए क कसलाई गर्नुपर्ने स्पष्ट खुलाएर ल्याउन भनिएको छ,’ स्रोतले भन्यो, ‘तर अहिलेको उहाँहरुको चिठी हेर्दा सत्य तथ्य आउला भन्नेमा शंका गर्ने ठाउँ देखिन्छ ।’

के के थिए घटना

पहिलो नेसनल मेडिकल कलेजमा भर्ना भएका बाराका विरामीमा रुघा खोकी देखिएपछि अस्पतालबाट निकालेको र वीरगञ्जका विभिन्न अस्पतालले भर्ना लिन नमान्दा मृत्यु भएको घटना छानविन गरी रायसहित प्रतिवेदन बुझाउने ।

दोस्रो अस्पतालमा डायलसिस गराउने बिरामीको डायलाइसीस नपाएर मृत्यु भएको घटना थियो ।

साथै अर्को कोभिड १९ शंकास्पद (पछि पोजेटिभ पुष्टि भएको) मृतकको कोभिड-१९ दाहसंस्कार निर्देशिका विपरीत शव आफन्तलाई बुझाएको घटनाको छानविन गरी रायसहित प्रतिवेदन बुझाउने गरी अधिकार दिइएको थियो ।

नेशनल मेडिकल कलेजमा कोभिड संक्रमण आशंका गरिएका व्यक्तिको ४ जेठमा मृत्यु भएको थियो । मृत्यु हुनु दुई दिन अघि स्वाव परीक्षण गर्न पठाइएको थियो । तर, स्वावको रिपोर्ट नआउँदै उसले शव आफन्तलाई दिएको थियो । आफन्तले भोलिपल्ट आफ्नै संस्कारअनुसार दाहसंस्कार गरेका थिए ।

कोभिड-१९ बाट मृत्यु भएका व्यक्तिहरुको दाहसंस्कार गर्ने निर्देशिकामा संक्रमित व्यक्तिको मृत्यु भएमा सरकारले नै शव व्यवस्थापन गर्ने र निश्चित मापदण्ड पु¥याएर दुई मिटरभन्दा टाढा रहेर आफन्त सामेल हुन पाउने व्यवस्था छ । निर्देशिकामा आशंकित संक्रमितको पनि रिपोर्ट नआउँदै मृत्यु भएमा र दाहसंस्कार गरेमा सोही निर्देशिकाअनुसार हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार शव व्यवस्थापन नगरेको भन्दै मन्त्रालयले छानविन समिति बनाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ