कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या ९१६ पुग्यो

वीरेन्द्रनगर- कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । शनिबार पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
शनिबार नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना रहेका छन् । जसमध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना रहेका छन् । त्यस्तै दैलेखका ३० जनामा नयाँ संक्रमण पुष्टि भएको छ । जसमध्ये आठबीस नगरपालिकाका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेको सामाजिक विकास मन्त्रालयको जन साखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।
यसका साथै आज कर्णालीको दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।
यो सँगै हालसम्मको जिल्लागत संख्या दैलेख ५०२ जना, सुर्खेत १९७ जना, सल्यान १३७ जना, कालिकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा ८ जना, मुगुमा २ जना, हुम्लामा १ जना, डोल्पामा १ जना र अन्य प्रदेशका १६ जना रहेको प्रमुुख कँडेलले जानकारी दिए ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?
- ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस