२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन थप ३३८ जनामा देखियो कोरोना पोजेटिभ, कुन जिल्लामा कति ?

एकैदिन थप ३३८ जनामा देखियो कोरोना पोजेटिभ, कुन जिल्लामा कति ?


काठमाडौं—नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ३३८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये झापाका ६ जना र मोरङका २ जना रहेका छन् ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैं, त्रिवि शिक्षण अस्पताल प्रयोगशाला, धुलिखेल अस्पतालको प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा  रौतहटका ८६ जना, धनुषा १ जना, बारा १ जना, सर्लाही १० जना र महोत्तरीमा १० जना, सप्तरी १८ जना, सर्लाही ५४ जना, सिरहा ११ जना जिल्लामा संक्रमित थपिएका छन् । यसको थप विवरण भने आइसकेको छैन ।

चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । कोभिड—१९ पोजेटिभ देखिएका ८ जना नै चितवनका रहेका छन् ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा पर्वतका १३ जना, स्याङजाका २२ जना, नवलपरासीका ५ जना र तनहुँका १ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये दैलेखका ३८ जना र सुर्खेतका ४५ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । जसमध्ये १५ जना बर्दिया र १ जना बाँकेका रहेका छन् । यसमा देशका थप केही प्रयोगशालाको पूर्ण विवरण जोडिएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ