२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना हटस्पट नरैनापुरमा डेढ वर्षपछि डाक्टर

कोरोना हटस्पट नरैनापुरमा डेढ वर्षपछि डाक्टर


बाँके–कोरोना भाइरस (कोभिड—१९) फैलनुअघि गुमनाम रहेको बाँकेको दुर्गम गाउँपालिका नरैनापुरवासीले डेढ वर्षपछि चिकित्सक पाएका छन् । नरैनापुरमा चितवनका चिकित्सक डा. सागर पन्त नरैनापुर पुगेसँगै स्थानीयले खुसियाली मनाएका छन् । गाउँपालिका प्रमुख मोहमद स्तीयाक शाहले डा पन्तलाई फूलमालाले स्वागत गरेका थिए ।

डेढ वर्षअघि कालिकोटका डा. विष्णु पोखरेलको सरुवा भएपछि सो पालिकामा चिकित्सक पुगेका थिएनन् । पालिका प्रमुख शाहका अनुसार डा. पोखरेल त्यहाँबाट गएपछि एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चल्दै आएको थियो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पालिका प्रमुखले प्रदेश सरकार र केन्द्रीय सरकारसँग चिकित्सक माग गरेका थिए । कोरोनाको हटस्पट बनेको नरैनापुरमा एक जनाको ज्यान गएको थियो भने अहिलेसम्म १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाको महामारीका बेला प्राथमिक स्वास्थ्य केन्द्रले डेढ महिनापछि चिकित्सक पाउँदा आफूहरु अति खुसी भएको सो केन्द्रकी अनमी कैहकशानूर (इरमआयशा) खानले बताइन् ।

‘म यहाँ पोष्टिङ भएको अढाइ वर्ष भयो । झण्डै दुई वर्षदेखि डाक्टर हुनुहुन्नथ्यो,’ उनले हेल्थ आवाजसँग भनिन्, ‘यो महामारीमा यहाँका जनतालाई साथ दिन नयाँ डाक्टर आउनुभएको छ । साह्रै खुसी लागेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ