२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकमाथि हातपातको आरोप लागेका दुई जना प्रहरी नियन्त्रणमा

चिकित्सकमाथि हातपातको आरोप लागेका दुई जना प्रहरी नियन्त्रणमा


काठमाडौं—नेपाल मेडिकल कलेज जोरपाटीमा चिकित्सकमाथि भएको हातपातको घटनामा संलग्न भएको आरोप लागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १४ जेठमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकहरुमाथि बिरामीका आक्रोशित आफन्तले हातपात गरेका थिए ।

हातपातपछि घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने भन्दैं चिकित्सकहरुले आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा प्रहरीले हातपात गरेको आरोप लागेका दुई जनालाई बुधबार नियन्त्रणमा लिएको हो । ‘हामीले हातपातमा संलग्न भएको आरोप लागेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । उहाँहरुलाई हामीले बोलाएका थियौं, आफै प्रहरी कहाँ आउनुभएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले हेल्थआवाजसँग भने, ‘हामीले प्रशासनबाट म्याद थप गरेर उहाँहरुमाथि अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले चिकित्सकमाथि हातपात गरेको आरोप लागेका दुई जनालाई बुधबार प्रहरी कार्यलयमा बोलाएको थियो । दुवै जना प्रहरी कार्यलयमा आएपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

यसअघि प्रहरीले उक्त हातपातको घटनाको समयको सिसिटीभी फुटेज गायब पारेको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो ।

उक्त घटनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान गर्ने र दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएपछि मन्त्रालय र चिकित्सकहरुबीच २१ जेठमा ५ बुँदे सहमति भएको थियो । डक्टर्स सोसाइटी अफ नेपालकी महासचिव डा. तोषिमा कार्कीले सरकारले सहमतिअनुसार घटनामा अनुसन्धान बढाउनु स्वागतयोग्य भएको बताउँदैं आफूहरुका थप मागहरुमा समेत पूरा गर्न आग्रह गरिन् । चिकित्सकले जेल विद आउट वेल सम्बन्धी ऐन पनि चालु संसद अधिवेसनमा पेश गर्न माग गर्दै आएका छन् ।

सो सहमतिमा नेपाल चिकित्सक संघ र नेपाल मेडिकल कलेजका आन्दोलनरत चिकित्सकको सहभागिता नभएको भन्दैं विरोध भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ