२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमित प्रहरीको संख्या ३८ पुग्यो, १४ जना निको भएर डिस्चार्ज

कोरोना संक्रमित प्रहरीको संख्या ३८ पुग्यो, १४ जना निको भएर डिस्चार्ज


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी फैलावटका बेला नेपाल प्रहरी पनि अग्रपंक्तिमा परिचालित छ । कोभिड—१९ नियन्त्रणमा फ्रन्टलाइनरका रुपमा सक्रिय प्रहरीहरु पनि संक्रमित हुन थालेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरजबहादुर शाहीकाअनुसार मंगलबारसम्म देशभरका ३८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना प्रहरी कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् । ‘अहिलेसम्म देशभर हाम्रो संगठनमा संक्रमित संख्या ३८ जना रहेको छ,’ प्रवक्ता शाहीले हेल्थआवाजसँग भने, ‘जसमध्ये १४ जना निको भएर डिस्चार्ज भैसक्नुभएको छ ।’

नेपालमा प्रहरीका सबैभन्दा बढी ११ जना धनुषामा संक्रमित भएका छन् । त्यसपछि बारामा ७ जना प्रहरीमा कोभिड—१९ पुष्टि भएको छ । यस्तै, काठमाडौंमा ४ जना, कन्चनपुरमा ३ जनामा कोभिड—१९ संक्रमण देखिएको छ ।

कपिलवस्तुमा २ जना, सप्तरीमा २ जना, जुम्लामा २ जना, धनकुटा २ जना, सिरहामा २ जना, १ जनामा कोभिड—१९ संक्रमण देखिएको हो । यस्तै, बाँके, सर्लाही, जाजरकोटमा १/१ जनामा कोभिड—१९ संक्रमण देखिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ